Agni Offset Press

अत्तरियामा रोकिएको विषादी परीक्षण सेवा सञ्चालनमा

Aarati simant

अत्तरिया : कैलालीको अत्तरियामा रोकिएको विषादी परीक्षण सेवा सुचारु भएको छ । विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय किट सकिएपछि रोकिएको विषादी परिक्षण सेवा सुचारु भएको हो ।

बुधबार किट आएपछि सेवा सुचारु भएको कार्यालयले जनाएको छ । त्यसपछि बिदा भएकाले शुक्रबार देखि मात्रै परिक्षण सुरु गरिएको कार्यालयका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताएका छन । उनले शुक्रबार र आइतबार १० वटा तरकारी र फलफूलका नमूनामा विषादी परिक्षण गरिएको बताए । परिक्षण गरिएका नमूना खान अयोग्य भने नभेटिएको उनले बताएका छन । यसअघि कार्यालयमा किट सकिएपछि साउन १३ गते देखि विषादी परिक्षण सेवा रोकिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.