Agni Offset Press

चौमालामा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता सम्पन्न

Aarati simant

अत्तरिया : गौरीगंगा नगरस्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमाला बजारमा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना सम्पन्न भएको छ।
गौरीगंगा नगरपालिका चौमालाको आर्थिक सहयोग चौमाला-गोप्का बजार ब्यवस्थापन समिती, रेडक्रस उप-शाखा गौरीगंगाको समन्वयमा र वल्ड लिंकको सहकार्यमा बृहत खुल्ला तिज महिला नृत्य प्रतियोगिता-२०८० भब्यताका साथ सम्पन्न भएको हो ।
सामाजिक विकास र सहकार्य हाम्रो प्रतिबद्धता मुल नाराका साथ मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकि प्रमुख अतिथि सुदूरपश्चिम् प्रदेश सभा सदस्य जानकी कुँवर पौडेल थिईन । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कार्यक्रम सन्देशमुलक रहेकोप्रति आभार ब्यक्त गरिन। साथै कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुग्ने र विभिन्न सन्देश प्रवाह गर्ने बताईन।
प्रतियोगितामा सहभागी भइ प्रथम स्थान हासिल गर्ने पसुपती माध्यामिक विद्यालय लाई कदरपत्र सहित नगद पाँच हजार, द्रितीय मालिका माध्यमिक विद्यालयलाई पनि कदर पत्र सहति नगद ३ हजार र तृतीय डिआर मेमोरियललाई पनि कदर पत्र सहित नगर २ हजार पुरस्कार दिएको हो । कार्यक्रममा सान्त्वना पुरस्कार सरिता ढुंगानालाई कदरपत्र सहित एक हजार प्रदान गरिएको हो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत हरुको उपस्थिति रहेको थियो। नृत्यमा १२ टिम प्रतिस्पर्धामा रहेका थिए।
महिलाहरूमा हर्स, खुशी र उमंगका साथ पर्व मनाउने उपयुक्त बाताबरण सृजना गर्नुका साथै स्थानीय कलाकारहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्नका लागि कार्यक्रम आयोजना गरिएको संयोजक हेमन्त बाजे ले बताए । कार्यक्रमको संचालन मेलमिलापकर्ता दयाराम बिक ले गरेको कार्यक्रममा स्वागत मन्तब्य लछ्मी बोगटी कुँवरले ब्यक्त गरिन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.