Agni Offset Press

लेडी डाक्टरको मृत्यु प्रकरण : उच्चबाट पनि जिल्लाकै आदेश सदर

Aarati simant

धनगढी : धनगढीकी लेडी डा. प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा उच्च अदालतको आदेश आएको छ। कैलाली जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पीडित परिवारले उच्च अदालत दीपायलमा पुनरावेदन गरेको थियो।

उक्त पुनरावेदनमा पनि जिल्ला अदालतको थुनछेक आदेश नै सदर भएको उच्च अदालत स्रोतले जानकारी दिएको छ। गत बिहीबार सो आदेश सदर गरिएको हो। यसअघि गत जेठ ४ गते धनगढीमा डा. प्रसन्ना मृत भेटिएको घटनामा उनका प्रेमी भनिएका डाक्टरलाई कारागार चलान गरिएको थियो। आफ्नै घरको कोठामा मृत भेटिएकी धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्नाको आत्महत्या दुरूत्साहन मुद्दामा डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको हो।

यस्तै सोही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धरौटी बुझाएर तारेखमा छुटेका थिए। उनी प्रसन्नाका पूर्व प्रेमी भएको प्रहरीले बताएको थियो। उनलाई तारेखमा छोडिएपछि जिल्ला अदालत कैलालीको थुनछेक आदेशउपर पुनरावेदन गरिएको थियो।

मृतकको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीका आधारमा प्रहरीले मायामेट्रो अस्पतालमै कार्यरत डा. भट्टराई र केसीलाई गत जेठ ६ गते पक्राउ गरेको थियो। कारागार चलान भएका भट्टराई र मृतक शाह प्रेम सम्बन्धमा रहेको बताइएको थियो। डा. भट्टराईले विवाहको प्रस्ताव अस्वीकार गर्दा प्रसन्नाले झुन्डिएर आत्महत्या गरेको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्यसपछि जिल्ला अदालत कैलालीका न्यायधिश विष्णुप्रसाद अवस्थीको इजलासले केसीलाई तारेखमा छाड्ने र अर्का डा. लाई कारागार चलान गर्न आदेश गरेका थिए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.