
अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालयले कर्मचारी हेरफेर गरेको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी हेरफेर गरेको हो।
आर्थिक मामिला मन्त्रालयले नेपाल प्रशासन सेवा, लेखा समूह, सहायक पाँचौ, अधिकृत छैटौं तहका १६ वटा कर्मचारी हेरफेर गरेको छ भने सामाजिक विकास मन्त्रालयले २९ जना कर्मचारीको सरुवा गरेको छ।
यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको भदौ २७ गतेको निर्णयअनुसार २२ जना कर्मचारीको सरुवा गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयलले भदौ २९ गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ पाचौं र छैटौं तहका १८ कर्मचारीको सरुवा गरेको छ।
