Agni Offset Press

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द

Aarati simant

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा. राजवीर चन्द निर्वाचित भएका छन् । चन्दसहितका पदाधिकारी सदस्य एकल संक्रमणीय चुनावी प्रणालीबाट निर्वाचित भएका हुन् ।

उपसभापतिमा महेन्द्रबहादुर चन्द, महासचिवमा मानबहादुर चन्द, सचिव ईश्वरकुमार हमाल, कोषाध्यक्ष गिरिराज कठायत तथा सदस्यहरुमा दानबहादुर मडै, केशवबहादुर थापा, धाना धामी, धनसिंह धामी, राजेन्द्रप्रसाद जोशी, ईसा जोशी र धनसिंह विष्ट रहेका छन् । ११ पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए ।

प्राध्यापक संघमा नेकपा एकीकृत समाजवादी निकट १, नेकपा माओवादी केन्द्र निकट २ र नेकपा एमाले निकट ३ तथा नेपाली कांग्रेस निकट ५ जना प्राध्यापक निर्वाचित भएका छन् । उक्त ११ जनाको टिमले पदाधिकारी चयन गरेको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.