Agni Offset Press

बहुविवाहको आरोपमा माओवादी केन्द्रका नेता निलम्बित

Aarati simant

अत्तरिया : नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा एक नेतालाई निलम्बन गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो ।

‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ ।

कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत रहेका उनले केही समयअघि बहुविवाह गरेको बताइएको छ । सोबारेमा पार्टीमा उजुरी परेपछि उनले आफ्नो कमजोरी स्वीकारेका थिए । उनको कमजोरी पुष्टि भएसँगै हालै बसेको केन्द्रीय कार्यालयको बैठकबाट उनलाई निलम्बनको निर्णय भएको जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.