Agni Offset Press

सेती प्रादेशिक अस्पतालको मेसुमा डा. कमर

Aarati simant

धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. शेरबहादुर कमरलाई नियुक्त गरिएको छ। सोमबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कमरलाई सो जिम्मेवारी प्रदान गरेको हो।

डा( हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई आज मन्त्रालयले सो जिम्मेवारी दिएको जनाएको छ। उनी सेती प्रादेशिक अस्पतालका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्। सुदूरपश्चिम प्रदेश सरकारको ६ भदौंमा बसेको मन्त्रिपरिषद् बैठकले डा. पाण्डेको सरुवा गरेको थियो। डा पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्टमा सरुवा गरिएको हो। डा. पाण्डे ११ औं तहका चिकित्सक हुन्। विसं २०७५ साउनमा डा. पाण्डेलाई स्वास्थ्य निर्देशनालयले मेसुको जिम्मेवारी दिएको थियो।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.