
नेक्सु कर्नर द–क्रिएटिभिटीहबद्वारा आयोजित रेभो साइन्स प्रतियोगिता सम्पन्न
सत्यवती एकेडेमी प्रतियोगिताको तिनवटा बिधामा प्रथम

अत्तरिया, १ असोज : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा नेक्सु कर्नर अत्तरियाद्वारा आयोजित रेभो साइन्स जिरो प्वाईन्ट वन प्रतियोगिता सम्पन्न भएको छ । अत्तरिया स्थित नेक्सु कर्नर द क्रिएटिभिटी हबले भदौ ३१ गते आईतबारका दिन रेभो–साइन्स ०.१ नामक प्रोजेक्ट प्रतियोगिताको कार्यक्रम गरेको थियो । नेक्सु कर्नरका संस्थापक अध्यक्ष सुर्यबहादुर थापाको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि प्रा. शिवहरि मुडवरी रहेका थिए । यस्तै
विशिष्ठ अतिथिमा डा. डम्बरबहादुर पाल, दुर्गालक्ष्मी नमुना मावि व्यवस्थापन समितिका अध्यक्ष गणेश शाह, दुर्गालक्ष्मी नमुना माविका प्रधानध्यापक शिवराज जोशी, डा. प्रेम चन्द रहेका थिए । साथै अतिथिहरुमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको उपस्थिति रहेको थियो ।
आयोजकले आईतबार गोदावरी नगरपालिका भित्रका विद्यालयहरुलाई सहभागी गराउँदै उक्त प्रतियोगीता कार्यक्रम बिहान ९ बजे देखि ५ बजे सम्म सञ्चालन गरेको थियो । प्रतियोगितामा सहभागी विद्यालयहरु
मध्ये प्रथम, द्वितीय, तृतियलाई नगद सहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा गोदावरी नगर भित्रका सहभागी विद्यालयहरु मध्ये शिक्षक स्टिम एक्सपोमा उत्कृष्ट इन्जिनियरिङतर्फ अत्तरियाको सत्यवती एकेडेमी, उत्कृष्ट सामुदायिक प्रभावमा तेघरीको सैनिक आवास महाविद्यालय, बेस्ट इनोभेसनमा अत्तरियाको दुर्गालक्ष्मी मोडेल सेकेन्डरी स्कूल र सिर्जनशीलतामा गेटाको सरस्वती माध्यमिक विद्यालय भएको हो ।
स्टिम चुनौतीतर्फ उत्तम क्रिटिकल थिंकिङ्मा इमानुएल बोर्डिङ स्कूल, उत्तम रचनात्मकता सक्षम पाठशाला र उत्कृष्ट सहयोग लोटस आई अंग्रेजÞी माध्यमिक विद्यालय भएको छ । साथै रोबो सकरमा विजेता सत्यवती एकेडेमी भएको हो भने दोस्रोमा लोटस आई अंग्रेजÞी माध्यमिक विद्यालय भएको हो । रोबो दौडमा प्रथम सत्यवती एकेडेमी दोस्रोमा सरस्वती मावि र तेस्रोमा इमानुएल बोर्डिङ स्कूल भएको हो । यस्तै प्रतियोगितामा प्राथमिक बेलुन कार रेसिङ्तर्फ पहिलो लोटस आई माध्यमिक विद्यालय, दोस्रो सक्षम पाठशाला र तेस्रोमा पुष्पाञ्जली आवासीय मा वि भएको हो । नेक्सु कर्नर का संस्थापक अध्यक्ष सुर्य बहादुर थापाले अत्तरियामा पुनर स्टीम र रोर्वट स्टीम सिकाउनका लागि खोलिएको ट्रेनिङ सेन्टरले आईतबार अत्तरियामा विभिन्न विद्यालयहरुलाई सहभागी गरेर बिज्ञान प्रविधी प्रतियोगिता आयोजना गरेको थियो । अहिलेका युवाहरुलाई अगाडि बढाउनका लागि बिज्ञान सम्बन्धीको स्टिमले महत्वपुर्ण भूमिका खेल्ने भएको अध्यक्ष थापाले भनाइ रहेको छ ।
विद्यार्थीहरुको प्रोजेक्टहरुलाई मुल्यांकन गर्ने, रोवर्ट प्रतियोगिताहरु राख्ने, सुदूरपश्चिम क्षेत्रमा टेक्नोलोजिको विकास गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । साथै समापन समारोहमा प्रमुख अतिथि दुर्गा लक्ष्मी बहुमुमी क्याम्पसका प्रमुख डा.नरेन्द्र बहादुर ऐर रहेका थिए भने विशिष्ठ अतिथिमा लोटस आई अंग्रेजÞी माध्यमिक विद्यालयका निवर्तमान प्रध्यापक मदन भट्ट, इन्जिनीयर सुनिल विष्ट, इन्जिनीयर रविन खड्का रहेका थिए । यस्तै प्रतियगितामा कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
