Agni Offset Press

अत्तरीयाका तरकारी तथा फलफुल पसलमा बेच्न राखेको तरकारीमा विषादी फेला

Aarati simant

अत्तरिया : कैलालीको अत्तरियामा रहेको तरकारी हाटबजारमा सोमवार फेरी विषादी युक्त तरकारी भेटिएको छ। कृषि उपज थोक बजार अत्तरियाबाट संकलन गरेका तरकारीका नमूनामा विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरियाले गरेको परीक्षणमा २ वटा नमूनामा रेड लेबल विषादी युक्त तरकारी भेटिएको जनाएको छ।

सोमवार ५ वटा तरकारीको नमूनामा विषादीको मात्रा परीक्षण गरिएकोमा डडेल्धुराबाट ल्याइएको काउली र कैलालीको गोलभेडामा रेड लेबल विषादी भेटिएको विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरियाका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए। उनले अत्तरिया तरकारी तथा फलफूल पसलमा राखिएको काउली र पाण्डे फलफूल तथा तरकारी पसलमा राखिएको गोलभेडाको नमूनामा रेड लेबल विषादीको मात्रा भेटिएपछि खान अयोग्य हुने भएकाले नष्ट गरिएको बताए।

३५ भन्दा तल विषादीको मात्र भेटिए ग्रीन लेबल, ३५ देखि ४५ प्रतिशत विषादीको नमूना भेटिए येलो टेबलमा राखिने गरिएको छ भने ४५ प्रतिशत भन्दा माथि विषादीको मात्रा भेटिए रेड टेबल मानिन्छ। यसअघि साउन १२ गते सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबल विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.