Agni Offset Press

लेनदेनबारे विवाद हुँदा कैलालीमा खुकुरी प्रहार

Aarati simant

अत्तरिया : कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एकजना घाइते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ।

लेनदेनबारे विवाद हुँदा आज बिहान वडा नम्बर ५ बस्ने ३२ वर्षीय बसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले बताएको छ।
आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइते सुनारलाई उपचारका लागि नेपालगंज लगिएको प्रहरीले बताएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.