
धनगढी : समाजिक परिवर्तन केन्द्र काठमाडौको सहजीकरणमा कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका विद्यार्थीहरुलाई कलाको माध्यमबाट संवाद सहजीकरण बारे कार्यशाला सम्पन्न भएको छ । सदभाव परियोजना अन्तर्गत गौरीगंगा र कैलारीका ३६० जना विद्यार्थीहरुलाई कलाको माध्यमबाट संवाद सहजीकरण बारे कार्यशाला सम्पन्न भएको समाजिक परिवर्तन केन्द्रले जनाएको छ ।
उक्त कार्यशालामा सहजकर्ता सुनिल बडु, सलिना अधिकारि र सरस्वती चौधरीले सहजीकरण गरेका थिए । सामाजिक परिवर्तन केन्द्र (सिएससी) सन् २०१५ मा स्थापित एक गैर–सरकारी सामाजिक संस्था हो । यस संस्थाले विशेष गरी अनुसन्धान, शिक्षा, वकालत र सामुदायिक परिचालन मार्फत नेपाली समाजको रूपान्तरणमा काम गर्दछ ।
सदभाव परियोजना अन्तर्गत गौरीगंगा र कैलारीका ३६० जना विद्यार्थीहरुलाई कलाको माध्यमबाट संवाद सहजीकरण बारे कार्यशाला सम्पन्न भएको समाजिक परिवर्तन केन्द्रले जनाएको छ ।
IFA-Institut für Auslandsbeziehungen संस्थाको साझेदारीमा सद्भाव परियोजना प्रदेश नम्बर १ को सुनसरी, मधेस प्रदेशको बारा, लुम्बिनी प्रदेशको रुपन्देही र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन भइरहेको छ ।
कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकामा यो कार्यक्रम संचालन भइरहेको छ भने संवादका गौरीगंगामा ६ र कैलारीमा ६ गरी जम्मा १२ वटा बिद्यालयहरुमा १२ वटा शत्र संचालन गरिएको थियोे ।
