
अत्तरिया : संविधान दिवसको अवसर पारेर बाजुरा खप्तड छेडेदह गाउँपालिकाले दिप प्रज्वलन गरेका छन । बुधबार साँझ गाउँपालिकाले कार्यालयमा दिप प्रज्वलन गरेको हो ।
लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक दिनको उपलक्ष्यमा दिप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा जीवन गुमाउनु हुने ज्ञात अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । लोकतान्त्रिक आन्दोलनबाट प्राप्त सम्पूर्ण उपलव्धीलाई संस्थागत गर्दै आर्थिक समृद्धी र समुन्नतीको दिशामा मुलुक अझै तीव्र रूपमा अघि बढ्न सकोस् भनि शुभकामना व्यक्त गरेका थिए । यस्तै उपाध्यक्ष नाथले संविधानको रक्षा गर्न सबैका दायित्व रहेको बताईन् । उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त सम्पूर्ण उपलव्धीलाई संस्थागत देशले सबृद्धिमा फट्का मार्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विसु नाथ, कर्मचारी, लगायतकाको उपस्थिति रहेको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
