
अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ३ महिनाभित्रै धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई परिवर्तन गर्ने बताएका छन् ।
बिहीबार अस्पतालको स्थलगत अनुगमनको क्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । कर्मचारी अभावको समस्या कम विज्ञापन आह्वान गर्ने शाहको भनाइ थियो ।
अनुगमनमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, सामाजिक विकास मन्त्री झपट साउँदको सहभागिता रहेको थियो । अस्पतालको इमरजेन्सी वार्डदेखि सबै वार्डहरू मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले अनुगमन गरेका थिए । उनीहरुले अस्पतालमा आएका सेवाग्राहीका समस्या सुन्नुका साथै चिकित्सकका समस्या र व्यवस्थापकीय कठिनाइका विषयमा बुझेका थिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा विविध समस्या कायम रहेको बताए । उनले चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मी अभावसँगै संरचनाको अभाव समेत रहेको बताए । अनुगमनमा भौतिक पूवर्धार मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री झपट साउँदको पनि सहभागिता रहेको थियो ।
