Agni Offset Press

दुई महिना भित्र सेतीको नयाँ भवन हस्तान्तरण गर्ने निर्माण व्यवसायीको प्रतिबद्धता

Aarati simant

धनगढी : सेती प्रादेशिक अस्पतालको नयाँ निर्मित भवन २ महिना भित्र हस्तान्तरण गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता व्यक्त गरेका छन ।
विहिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, सामाजिक विकास मन्त्री झपट साउँद लगायतको टोलिले प्रादेशिक अस्पतालको अनुगमन गरेको हो । अनुगमन पछि मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री, भौतिक पूर्वाधार मन्त्री सामाजिक मन्त्री, भवन कार्यालयका प्रमुख रमेश थिक, प्रमुख सचिज मुख्यमन्त्री कार्यालय र निर्माण कम्पनीका प्रतिनिधि सहितको छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले अवको दुई महिना भित्र अस्पतालको नयाँ भवन हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन ।
मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बिहीबार अस्पतालको अनुगमन पश्चात् सुधार गर्ने बताएका छन । सेती प्रादेशिक अस्पताललाई छिट्टै दुई सय शैयामा स्तरवृद्धि गरिने उनीहरूले बताएका छन् ।
प्रदेश सरकार गठन भएको ८ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीले बिहीबार पहिलोपटक एक साथ सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका हुन्। अनुगमनको क्रममा सर्वसाधारणले सेतीमा उपचार पाउन निकै समस्या भोग्नुपरेको मुख्यमन्त्री र मन्त्रीहरूसँग गुनासो गरेका छन् ।
सेतीमा दैनिक करिब १ हजार ५ जना बिरामी ओपिडीमा आउने गरेका छन् भने अस्पताल भर्ना भएर उपचार गराउनेको सङ्ख्या पनि उपलब्ध शय्या क्षमताभन्दा बढी हुने गरेको छ। सङ्घीय सरकारबाट आफ्नो मातहतमा सेती अस्पताल ल्याएको दिनदेखि अस्पतालको क्षमता विकास गर्ने भन्दै आएको प्रदेश सरकारले २०७९ साउन २४ मा सेती अस्पताललाई दुई सय शय्यामा स्तर वृद्धि गर्ने निर्णय गरिसकेको छ। यो पटक दुई सय शय्यामा अस्पतालको स्तरोन्नति गरेर सेवामा सुधार गर्ने सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बताए। ‘हामी छिट्टै दुई सय शय्याको ओएण्डएम बनाएर सेवा विस्तार गर्ने छौँ, उनले भने, यो पटक अस्पतालको सुधार गरेर सेवा प्रभावकारी बनाइनेछ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.