Agni Offset Press

बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित बैतडीमा एक महिला पक्राउ

Aarati simant

बैतडी : बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थ गन्धक र सोडासहित बैतडीमा एक महिला पक्राउ परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई बारुद बनाउन प्रयोग गरिने २ किलोग्राम सोडा र गन्धक १० किलोग्राम गरेर १२ किलोग्राम अवैध पर्दाथसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

झुलाघाटबाट गोठलापानीतर्फ जादै गरेको से १ ज ४०९ नम्बरको जिपबाट पुष्पालाई बिहीवार पक्राउ गरेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा आलुको बोराभित्र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा बारुद बनाउने उक्त कच्चा पदार्थ सहित पुष्पालाई पक्राउ गरेको हो। पुष्पालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.