Agni Offset Press

गोदावरी नगरपालिकाके गैरकानुनी बालुवा ढुवानी गर्नेलाई ५० हजार जरिबाना

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले गैरकानुनी बालुका ढुवानी गर्नेलाई ५० हजार जरिबाना तिराएको छ। बुधवार नगरपालिकाको वडा नम्बर १२ मा अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको ट्याक्टरलाई ५० हजार जरिबाना तिराइएको हो।
एक ट्रली बालुवाको तीन हजार मूल्य हुन्छ। तर, नगरपालिकाले ५० हजार जरिबाना लिएपछि सो विषय चर्चामा छ। सु.प.प्र ०१००२ त ६७३९ नम्बरको ट्याक्टरबाट ५० हजार जरिबाना लिइएको हो।

विगतमा अवैध रूपमा नदीजन्य पदार्थ अवैध ढुवानी गरेमा एकदेखि २ हजार मात्रै जरिबाना लिने गरिएको थियो। जिल्लाको गोदावरी नगरपालिका नगरपालिकाले असार १ गतेदेखि भाद्र मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको थियो। भाद्र मसान्तसम्म पनि नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलन तथा ढुवानीका लागि ठेक्का सम्झौताको प्रक्रिया पूरा गर्न सकेको छैन। गोदावरीका नदीका ढुङ्गा, बालुवा र गिट्‍टी उत्खनन र ढुवानीको ठेक्का सम्झौता नभएकाले उक्त काममा रोक लगाइएको छ। तर, रोक लगाइएको अवधिमै नदीजन्य पदार्थको उत्खनन र ढुवानी नरोकिएपछि नगरपालिकाले जरिबाना लिन थालेको बताएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गर्ने तीन वटा ट्याक्टरलाई ५० हजारका दरले जरिबाना असुल गरेको छ। कार्यपालिकाबाट गरिएको निर्णय अनुसार नै जरिबाना तिराइएको नगरपालिकाको दाबी छ। गोदावरी नगरपालिकाको ९५ औँ कार्यपालिका बैठकले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन वा ढुवानी गरेमा ५० हजार देखि एक लाख सम्म जरिबाना गर्ने निर्णय गरेको थियो। जसअनुसार ट्याक्टरलाई ५० हजार, टिप्परलाई ७० हजार र जेस्काइभेटर÷भ्याकुलोडर÷विसिलाई एक लाख जरिबाना तोकिएको हो। नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् गरेको वा ढुवानी गरेको सूचना दिनेलाई २० प्रतिशत प्रोत्साहन रकम दिने समेत निर्णयमा उल्लेख छ।

नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनमा रोक लगाएको समयमा स्टक प्रमाणित गरेर भने ढुवानी गर्न सक्ने जनाएको थियो।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.