Agni Offset Press

कञ्चनपुरमा हात बाँधिएको अवस्थामा उखुबारीभित्र भेटिए १४ महिने बालक

Aarati simant

कञ्चनपुर : कञ्चनपुरमा एक बालक हात बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालक हात बाधिएको अवस्थामा भेटिएका हुन् ।

स्थानीयका अनुसार दुवै हात बाँधेको अवस्थामा बालिका भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। सडक छेउकै उखुबारीमा भेटिएकी बालिकासँगै खेलौना थियो। उद्धार गरेर प्रहरीले अहिले उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकी लगेको छ।

बच्चा कसले किन छाडेको भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले बताए। उनका अनुसार बालिकाको अभिभावकको खोजी भइरहेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.