
अत्तरिया : बहुउद्देश्यीय विकास समाज डडेल्धुरा द्वारा भजनी नगरपालिकामा संचालित बाढी पहिरोको उच्च जोखिमको पुर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत भजनी नगरपालिकामा संचालन गरिएका विभिन्न क्रियाकलापहरु र गतिविधिहरुको स्थानीय स्थानीयको तर्फबाट अनुगमन कार्य सम्पन्न भएको छ ।यस क्रममा बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत विपत जोखिम न्यूनीकरणमा स्थानीय समुदायको सहभागीता, विपत जोखिम न्यूनीकरणमा समुदायको प्रयास,भए गरेका अभ्यासहरु तथा योजनाको अवलोकन गर्नुका साथै छलफल समेत गरेका थिए ।
अनुगमन टोलीका प्रमुख एंव भजनी नगरपालिकाका मेयर केबल चौधरीले स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरण र समुदायमा सचेतना अभिवृद्धि गर्ने काममा संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गर्दे प्रशंसा गरे । उनले बाढी,डुबान लगायतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट आफूहरु संस्था संग समन्वय र सहकार्य गर्न सदा तत्पर रहने बताए । अनुगमनका क्रममा परियोजना संयोजक शिबराज पाठक ले भजनी नगरपालिकामा संचालन भएका गतिविधिहरुका बारेमा जानकारी गराए ।
अनुगमन टोलीमा भजनी नगरप्रमुख कवेल चौधरी, उप प्रमुख राजु तिरुवा, वडा अध्यक्षहरु बिक्रम चौधरी, पंकज चौधरी, केशब बुढा, धर्मेन्द्र श्रेष्ठ, भजनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेब भट्ट, भजनी प्रहरी प्रमुख लोकराज जोशी लगायतको,नेपाल रेडक्रस सोसाइटी भजनी सभापति राम नारायण चौधरी, पत्रकार खेमराज पाण्डेय, भलबन्सा, बिपत टास्क फोर्सका प्रतिनिधि, परियोजना संयोजक शिबराज पाठक ,डि आर अफिसर राजेन्द्र रैका, सामाजिक परिचालक बिष्णु जैसी, सर्मिला चौधरी लगायतको सहभागीता रहेको थियोे ।
