Agni Offset Press

बझाङका ‘मल्ल सर’ भिडियोमा भाइरल, शिक्षकको आन्दोलन होइन, डिमान्ड हो !

Aarati simant

अत्तरिया : विद्यालय शिक्षा विधेयकको विरोध गर्न काठमाडौं गएका शिक्षकहरू प्रदर्शनमा छन् । ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गर्दै आइरहेका शिक्षकहरू माइतीघरमण्डलमा जम्मा भएर नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै आइरहेका हुन् ।

यसैक्रममा बझाङ्गका एकजना शिक्षकको भिडिओ सामाजिक सञ्जालमा ब्यापक भाइरल भइको छ । बझाङको केदारस्युँ गाँउपालिका–४ स्थित रत्न माध्यमिक विद्यालयका मावि राहत शिक्षक इन्द्रबहादुर मल्लको भिडिओ सामाजिक सञ्चालमा भाइरल भएको छ ।

शिक्षकको आन्दोलनमा सहभागी हुन बझाङबाट काठमाडौं पुगेका मल्ल गोंगबुमा मदिराले लट्ठ अवस्थामा भेटिएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका हुन् । भाइरल भिडियोमा विद्यालय शिक्षा विधेयकको विरोध गर्न काठमाडौं पुगेका मल्ल शिक्षक पोशाकमै मदिराले लट्ठ देखिएका छन् । घाँटीमा शिक्षक परिचयपत्र (आइडी कार्ड) भिरेका मल्ल सुर्ती माड्दै स्थानीयहरूसँग कुरा गरिरहेका भिडिओमा देखिन्छन् ।

स्थानीयसँग कुरा गर्दै उनी भन्छन्, ‘शिक्षकहरूको आन्दोलन होइन, डिमान्ड हो, माग हो।’स्थानीयसँग कुरा गरिरहँदा उनले सुर्ती माडेर मुखमा राख्छन् । एक महिलाले घाँटी झुण्ड्याएको आइडी कार्ड हेरेपछि मल्ल सरको परिचय खुल्छ। ‘मल्ल सर’ दिउँसै मदिराले लट्ठ भएको अवस्थामा भेटिएका हुन्।एक स्थानीयले उनको घाँडीमा झुण्ड्याएको आइडी कार्ड हेरेपछि उनी बझाङको भएको खुल्न गएको हो । शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले आन्दोलन गरेका छन् । उनीहरूले आज पनि काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.