Agni Offset Press

कैलालीको भासु भीरमा खसेको बाइक चालकको मृत्यु

Aarati simant

अत्तरिया : कैलालीको चुरे गाउँपालिका-५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ।

शुक्रबार बेलुकी भीमदत्त राजमार्गमा बुडरतर्फ जाँदै गरेको से ६ प ८७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक डोटीको जोरायल गाउँपालिका-१ बस्ने १९ वर्षीय भीमबहादुर बिकको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भीमको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। पद्मा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई निसर्ग पुगाइएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको पनि पद्मा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि निसर्ग अस्पताल धनगढीमा ल्याएर उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.