अत्तरियामा रहेको दुर्गा मन्दिर सेवा समितिको आज नयाँ नेतृत्व चयन हुँदै

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गा मन्दिर सेवा समितीको आज नयाँ नेतृत्व चयन हुने भएको छ । शनिबार र आईतवार दुई दिन उद्घाटन र बन्द सत्र गरेको उक्त संस्थाले आज सहमती वा निर्बाचन को माध्यमबाट नेतृत्व चयन गर्न लागेको जनाएको छ । सेवा समितीको अध्यक्षको लागी बर्तमान अध्यक्ष कृष्णराज ओझाले पुनः एक कार्यकाल अध्यक्ष बन्ने गरी तयारी गरेका छन ।

यस्तै अध्यक्ष मै प्रताप कडायतले पनि अध्यक्षको लागी तयारी शुरु गरेका छन । आज १२ बजे सम्मको लागी निर्बाचन समितिले सहमतीको समय सिमा तोकेको छ । सहमती नभए दुई समुह प्यानल सहित चुनावमा जानेछान् । ओझा समुहको उपाध्यक्षमा कौशिल्या ख्रकवाल रहेकी छन भने कडायत समुहको उपाध्यक्षमा नबराज आचार्य रहेका छन ।

कडायत समुहबाट सचिबमा खेम भण्डारी र कोषाध्यक्षमा कृतिमा बुढा रहेकी छन । ओझा समुहको सचिबमा गोपाल घिमिरे र कोषाध्यक्षमा ठगिराम भट्ट रहेका छन । यदपी दुबै पक्षले प्यानल घोषणा गरेका छैनन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.