काठमाण्डौँमा सडकमा सुतेर शिक्षकहरूले गरे प्रदर्शन

काठमाडौँ : राहत शिक्षकहरूले आज सडकमा सुतेर मौन प्रदर्शन गरेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले काठमाडौँको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा सुतेर मौन प्रदर्शन गरेका हुन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । शिक्षक महासंघले आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताए ।

उनीहरूले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरू आफूहरूसँग आन्दोलनमा रहेको बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.