काँग्रेसले धनगढीमा ‘संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भुमिका’ विषयक छलफल गर्दै

धनगढी : कैलालीको धनगढीमा नेपाली काँग्रेसले संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भुमिका विषयक छलफलको आयोजना गर्ने भएको छ। नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रमको प्रमुख अतिथि रहने गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिन लागेको हो। बुधबार अर्थात १० गते नेपाली काँग्रेसले प्रदेशस्तरीय अन्तरक्रियाको कार्यक्रम गर्ने मिति तय गरेको छ।

कार्यक्रममा अनिवार्य सहभागिताका लागि नेपाली काँग्रेसबाट निर्वाचित संघ, प्रदेश सभा, पालिका र वडा प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पदाधिकारी र सदस्यलाई सहभागिताका लागि सूचना नै जारी गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.