कैलालीको भजनीमा एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यु

अत्तरिया : कैलालीमा एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका-१ मधुबन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको सोमवार डुबेर मृत्यु भएको प्रहरीले बताएको छ।

सोही ठाउँमा रहेको बरदान चटिया नाला ९खोला० मा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीबाट थप अनुसन्धान भईरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.