काठमाडौँ : राहत शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिँदै आज सिट्ठी बजाएर प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर देखि बानेश्वर सडकखण्डमा सिट्ठी बजाएर आन्दोलन गरेका हुन् । आफ्नो माग हरू चाँडो पुरा गर भन्दै उनीहरूले नारा लगाएका छन् ।
सरकार र शिक्षक महासङ्घबिच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संशोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । शिक्षक महासंघले आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताए ।