सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा उपाध्याय नियुक्त

अत्तरिया : सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन् । पूर्व सिँचाइ ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । उनलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई शपथ ग्रहण गराएका हुन् ।

उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.