Agni Offset Press

दुर्गालक्ष्मी क्याम्पस प्राध्यापक संघद्वारा प्राध्यापनरत ३ जनालाई सम्मान

Aarati simant

अत्तरिया, ९ असोज : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्राध्यापक संघ एकाइ समितिले क्याम्पसमा प्राध्यापनरत ३ जनालाई बधाई तथा सम्मान गरेको छ ।
क्याम्पसका सह प्राध्यापक डा.डम्बर बहादुर पाल, सह प्राध्यापक डा. विष्णुबहादुर कठायत र क्याम्पस प्रमुख डा.नरेन्द्र बहादुर ऐर ले विधावारिधि प्राप्त गरेकोमा संघले बधाई कार्यक्रम गरेको हो ।
क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेर संघले बधाई दिएको संघका सभापति जनकराज जोशीले बताए । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति सह प्राध्यापक डा. राजेन्द्रवीर चन्द रहेका थिए भने विशिष्ट अथितिमा सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ कोषाध्यक्ष गिरीराज कडायत रहेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.