अत्तरिया : गोदावरी होटल व्यवसायी संघले यहि असोज २० गते छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन गर्ने भएको छ । सघले आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर साधारणसभा तथा अधिवेशनका बारेमा जानकारी गराएको हो ।
अधिवेशनबाट नँया नेतृत्व पनि चयन हुने गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धनादेवी चोखालले बताईन । २०७४ सालमा स्थापना भएको गोदावरी होटल व्यवसायी संघमा हाल करिब ५ सय सदस्य रहेका छन् ।