अत्तरिया : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रिय सचिवमा शेखमुनिर अहमद निर्वाचित भएका छन् । संघको सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनबाट शेखमुनिर अहमद केन्द्रिय सचिवमा निर्वाचित भएका हुन् ।
शेखमुनिर विगत लामो समयदेखि नेपाली काँग्रेससँग आवद्ध हुँदै आएका युवा उर्जाशिल स्थानीय मुस्लिम नेता हुन् । उनी राजनीतिसँगै समाजसेवामा समेत क्रियाशिल रहँदै आएका छन् ।
यसअघि उनी नेपाल मुस्लिम संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष भइसकेका छन् । संघको केन्द्रीय अध्यक्ष पदमा अताबुल मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
सम्बन्धित पाेस्टहरु