गौरीगंगामा रेबिज रोग बिरुद्धको खोप तथा विद्यालय सचेतना कार्यक्रम

अत्तरिया, १० असोज : नेपाल पशु स्वास्थ प्राविधिक संघ (नेल्टा) को प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका–६, वनबेहडा, कैलालीको आयोजनामा १ दिने निःशुल्क १७ औँ रेबिज रोग बिरुद्धको खोप तथा विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ । गौरीगंगा नगरपालिका–६, वनबेहडामा सम्पन्न भएको हो ।
विश्व रेबिज २०२३ को अवसरमा एक स्वास्थ–एक गन्तव्य भन्ने मुल नाराका साथ सो अभियान संचालन भएको जनाएको छ । वडा अध्यक्ष टेकबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेल्टा सुदूरपश्चिम् प्रदेश संयोजक लालबहादुर बोहरा रहेका थिए । प्रमुख अतिथि द्वारा रेबिज रोगको ईतिहास, जैविक र संक्रमण प्रक्रिया, बैज्ञानिक तथ्यहरु लगायत जनस्वास्थका विभिन्न पक्षहरुमा जानकारी दिएका थिए ।
१३ वटा सामुदायिक कुकुर तथा घरपालुवा ८५ कुकुरलाई रेबिज रोग बिरुद्धको खोप लगाइएको हो । अभियानकै क्रममा रेविज रोगमा आधारित रहेर अमर माध्यमिक विद्यालय वनबेहडा र मालिका माध्यमिक विद्यालय चौमालामा शिक्षा सचेतना कार्यक्रम संचालन गरिएको र रेबिज रोग कुकुर, विरालो तथा चमेरोबाट पनि सर्नै तथ्यहरु रहेकाले रोग विरुद्ध खोप लगायर मात्र नभई अन्य सुरक्षात्मक उपायहरु अवलम्बन गर्न आग्रह गरेको नेल्टाका प्रदेश सचिव हेमन्त बाजेले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि र कृषकहरुको उपस्तिथि रहेको कार्यक्रमको संचालन प्रदेश सचिव हेमन्त बाजेले गरेका थिए । रेबिज रोगले विश्वमा प्रत्येक बर्ष ६० हजार व्यक्तिको ज्यान लिने गरेको छ भने ३७ लाख अशक्त हुने गरेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.