अत्तरिया : कैलालीको गोदावरी नगरपालिका १ अत्तरिया चोकमा रहेको पुरानो मन्दिर दुर्गा मन्दिर सेवा समितिको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
समितिको अध्यक्षमा प्रताप कडायत चयन भएका छन् । समितिको उपाध्यक्षमा नवराज आचार्य र कोषाध्यक्षमा कौशिला खर्कबाल चयन भएका छन् । समिति को सचिवमा खेमराज भण्डारी र सह सचिवमा उत्तिमा बुढा चयन भएका छन् ।
यस्तै कार्य समिति सदस्यमा दिपकराज भट्टराई , निर्मला भण्डारी जोशी, बालकृष्ण जोशी र लालबहादुर थापा चयन भएका छन् । समिति चयन सर्वसम्मतीबाट हुनुपर्ने धार्मीक संस्थामा राजनीति गर्न नहुने स्थानीयको दबाब थियो । बर्तमान अध्यक्ष कृष्णराज ओझाले शुरुमा थप एक कार्यकाल अध्यक्षमा दाबी गर्दै आएका थिए । उनले आफ्नो दाबी छोडेपछि कडायतलाई अध्यक्ष बन्ने बाटो खुलेको थियो।