धनगढी, ११ असोज : सामाजिक संस्था हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले धनगढीको दृष्टि फाउन्डेसनमा आश्रितहरूलाई सहयोग गर्दै वार्षिकोत्सव मनाएको छ ।
हेप्पिनेसले बिहीबार फाउन्डेसनमा आश्रित सडक मानव महिला तथा बालबालिकाको सहयोगार्थ खाद्यान्न, शैक्षिक सामग्री र न्यानो लुगा हस्तान्तरण गर्दै आठौं वार्षिकोत्सव मनाएको हो ।
दृष्टि फाउन्डेसनमा हेल्प फर हेप्पिनेसका सुदूरपश्चिमप्रदेश संयोजक घनश्याम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट थिइन् । संयोजक भण्डारीले दृष्टि फाउन्डेसनमा आश्रित महिला तथा बालबालिकालाई शैक्षिक सामग्री, खाद्यान्न र न्यानो लुगा हस्तान्तरण गरिएको बताए ।
भण्डारीले विगतदेखि संस्थाले खुसी नपुगेको ठाउँमा खुसी पुयाउने उदेश्य अनुसार काम गरिरहेको बताउँदै साथ, सहयोगका लागि सबैलाई धन्यवाद समेत दिइन् ।
फाउन्डेसनकी अध्यक्ष भट्ट सहितका चार जनालाई सम्मान

वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेसले दृष्टि फाउन्डेसन की अध्यक्ष कल्पना भट्ट सहितका चार जनालाई सम्मान गरेको छ । दृष्टि फाउन्डेसन नामक संस्था सञ्चालन गरेर सडक मानवहरूलाई आश्रय दिएर समाजलाई महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा पत्र सहित अध्यक्ष भट्टलाई सम्मान गरिएको हो ।
यस्तै, वर्षभरिमा संस्थामा सर्वोत्कृष्ट कार्य गरेको भन्दै असहाय कोषको सदस्य तथा बैतडी संयोजक भरत विष्ट, हेप्पिनेसकी सदस्य आरती दाहाल र निरज पाठकलाई पनि सम्मान गरिएको हेप्पिनेसले जनाएको छ ।
दाहाल वर्ष भरिको सर्वोत्कृष्ट सदस्यका रूपमा, पाठक असहाय कोषलाई बलियो बनाउन भूमिका खेलेको र विष्टलाई इमर्जेन्सी रक्तदानमा सक्रिय भूमिका खेलेर संस्थाको गरिमा बढाएको भन्दै सम्मान गरिएको हो ।
वार्षिक प्रगतिप्रतिवदेन सार्वजनिक, १४९ पिन्ट रक्तदान
वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले वर्षभरी सम्पादन गरेका कामको प्रगतिविवरण समेत सार्वजनिक गरिएको छ । संस्थाका प्रदेश संयोजक घनश्याम भण्डारीले दृष्टि फाउन्डेसनमा आयोजित औपचारिक कार्यक्रम बीच वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । भण्डारीले एक वर्षको अवधीमा प्रदेशका विभिन्न अस्पतालमा ८३ जना बिरामीका लागि ८९ पिन्ट इमर्जेन्सी रगत व्यवस्थापन गर्दै दान गरिएको बताए । उनका अनुसार इमर्जेन्सीको ८९ सहित वर्षभरि १४९ पिन्ट दान गरिएको छ ।
रक्त दान जीवनदानको नारालाई सफल बनाउन केहीहदसम्म सफलभएको बताउँदै उनले अगामी दिनमा समेत निरन्तरता दिइने जनाए ।
स्वास्थ, शिक्षा, ट्राफिक नियम लगायतका सामाजिक र राष्ट्रिय महत्वका विषयमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।
छाडा पशु चौपायाको निस्शुल्क औषधी उपचार गर्ने कार्यक्रममा निरन्तरता दिदै १६२ पशुको उपचार गरिएको छ ।
९ जना बिरामीको उपचारमा सहयोग गरिएको, सौभाग्य अस्पतालसँग सम्झौतागरि हेप्पिनेसका सदस्यलाई उपचारमाविशेष छुट गरिएको, डिप्रेसनका सिकार भएका ९ जनालाई काउन्सिलिङ गरेर मानसिक स्वास्थ सेवादिएको भण्डारी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
फेसबुक लाइभबाट जनचेतनामुलक सन्देश प्रवाह, अवस्था हेरेर निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिदिने, स्वास्थ सेवा सुधारका लागिखबरदारी गर्ने, सरोकारवालालाई सल्लाह सुझावदिने कामलाई समेत निरन्तरता दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।