अछाममा हेलिकप्टरबाट उद्धार गरियो गर्भवती महिलालाई

अछाम : अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षीय मंगली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.