कांग्रेस नेता सापकोटा लगायतको टोलीद्वारा राजस्थानमा रहेको गौशालाको अवलोकन

अत्तरिया : छाडा पशुचौपायाहरुको व्यवस्थापनका लागि भारतमा रहेको गौशालाको अवलोकन गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका प्रवत्ता एवम् वडा नं. ५ का वडाध्यक्ष विष्णु भाट, वडा नं. १ का वडाध्यक्ष डबल दियाकोटी, चुरे गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष खगेन्द्र खडायत, नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति ललित रोकाया, कांग्रेस नेता सिपी सापकोटालगायतको टोलीले गौशालाको अवलोकन गरेको हो ।

भारतको राजस्थानमा रहेको ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयद्धारा सञ्चालित गौशालामा उक्त टोलीले अवलोकन गरेको थियो । नगरमा रहेका छाडा पशु चौपायाहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन गौशालाको अवलोकन गरिएको गौरीगंगा नगरपालिकाका प्रवत्ता विष्णु भाटले बताए ।

उनले छाडा पशु चौपाया देशकै विकराल समस्याका रुपमा देखिएकाले यसको निराकरण गर्न जरुरी रहेको बताए । उनले नगरबाट छाडा चौपायाहरुको व्यवस्थापनका लागि लाखौ रकम विनियोजीत भएपनि समस्या समाधान हुन नसकेको बताए । उनले अवलोकनबाट छाडा चौपायाको व्यवस्थापनका बारेमा धेरै कुराहरु सिक्न पाईएको बताए । टोलीमा रहेका नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का क्षेत्रिय सभापति ललीत रोकायाले गौशालाको अवलोकनबाट केही हदसम्म पशु चौपायाहरुको व्यवस्थापनको बारेमा जानकारी पाईएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.