यस वर्षको मनसुन ढिलो बाहिरिने, तीनचार दिन लगातार पानी पर्ने सम्भावना

अत्तरिया : यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने भएको छ। मौसम पूर्वानुमान महाशाखाले अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।

नेपालबाट मनसुन बाहिरिने मिति अक्टोबर २ रहेपनि औसत भन्दा ढिला गरी बाहिरिने हुँदा आगामी तीनचार दिन बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। महाशाखाका अनुसार हाल बंगाल खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएको छ।
यसले आगामी ३\४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। शनिबार कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।

यो अवधिमा पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह केही बढ्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाली भित्र्याउने बेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ। मौसमविद्गका अनुसार पूर्वी भूभागमा अहिले बदली र हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.