धनगढीमा सवारी दुर्घटना, १८ वर्षीय किशोर घाइते

अत्तरिया : कैलालीको धनगढीमा सवारी दुर्घटना भएको छ। टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।
प्रदेश प्रमुख कार्यालय अगाडि घरेलु चोक नजिकै से १ ख १८२० नम्बरको टिप्परले से ३ प ८४८ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय अनिल कुवँर घाइते भएका छन्।

घाइते कुँवरको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिप्पर चालकलाई प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.