Agni Offset Press

देउडियाका लागि देउडा आइडल हुँदै

Aarati simant

काडमाडौं : देउडा सांस्कृतिक मञ्चको आयोजनामा देउडा आईडल २०८० हुने भएको छ। आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो।
सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। देउडा आईडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा संचालन हुने छ। प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडका संयोजक महेश कुमार औजीले बताए। देउडा आईडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको छ। भने, कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडे टेलिभिनले गर्ने भएको छ।

पत्रकार सम्मेलनमा बोल्दै टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक राज पन्तले देउडा आईडल सुदूर र कर्णालीका प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च भएको बताए। साथै पन्तले ब्रोडकास्ट पार्टनरको हैसियतले कार्यक्रम सम्पन्न गर्नमा टिभी टुडेले पनि सक्दो सहयोग गर्ने बताए।यस्तै वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले देउडा आईडललाई सफल पार्न सम्पूर्ण देउडा प्रेमी जनताले सहयोग गर्ने बताए।

जोशीले अबको दश वर्षमा देउडा गीत सारा नेपालीले गाउने बताए। कार्यक्रमका संयोजक महेश कुमार औजीले देउडा संस्कृतिलाई जिवन्त बनाउनका लागि देउडा आईडल आयोजन गर्न लागिएको बताए।

लामो समयको प्रयासपछि देउडा आईडल गर्ने अवस्थामा पुगेको औजीको भनाइ थियो। यस्तै गायक तथा संगीत साधक तिलक सिंह पेलाले देउवा आईडल मानसखण्डको संस्कृतिलाई संरक्षण गर्नका लागि कोसेढुंगा सावित हुने बताए। देउडा आईडलको पुरस्कार राशी अर्को पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ। आईडलको निर्णायक मण्डलमा नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुन रहनु हुने भएको छ।

दिनेश खड्काले निर्देशक गर्ने देउडा आइडल मंसिरदेखि टेलीभिजनमा प्रशारण गर्ने तयारी गरिएको छ। आइडल सम्बन्धि थप जारी अर्को पत्रकार सम्मेलनमार्फत गरिने आयोजकले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.