अटोसहित साढे ८ लाख मुल्य बराबरका अवैध सामान बरामद

अत्तरिया : कैलालीको धनगढीबाट साढे ८ लाख मुल्य बराबरका अबैध सामान प्रहरीले बरामद गरेको छ। धनगढीका विभिन्न स्थानबाट शनिबार प्रहरीले अबैध सामान बरामद गरेको हो। धनगढी उपमहानगरपालिका–६ जाईबाट ८ लाख दुई हजार २१० मुल्य बराबरका कपडासहित से १ ह २१८६ नम्बरको अटो प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ।

त्यस्तै धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट पनि करिब १७ हजार मुल्य बराबरका चिनी र श्रृंगारका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका–५ राष्ट्र बैंक नजिकबाट समेत प्रहरीले करिब ३८ हजार पाँच सय मुल्य बराबरका लेडिज सुट बरामद गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.