डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका– ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको करेन्ट लागेर मृत्यु भएको हो।

शनिबार साँझ मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेपछि उनलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.