बैतडीमा भिरबाट लडेर १८ बर्षीय किशोरीको मृत्यु

बैतडी : बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षीय सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।

दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.