डोटीमा नवजात शिशुको शव फेला

डोटीः डोटीमा एक नवजात शिशुको शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका–६ तीलतालीस्थित सेती नदीमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको हो। बिहीबार साँझ ५ बजेको समयमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए।

८\९ महिनाको जस्तो देखिने नबजात शिशुको शव फेला परेको उनले बताए। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.