चोरी मुद्धाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

अत्तरिया : कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्। गोदावरी नगरपालिका २ तेघरीका ३६ वर्षीय रक्किल मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सोमवार घरको ठेगानाबाट फेला पारी पक्राउ गरेको जनाएको छ।

जिल्ला अदालत कैलालीले चोरी मुद्धामा २०६७ असार ३१ गते ११ हजार २ सय ५० रुपैँया जरिवाना र १ महिना कैद सजाय तोकेपछि उनी फरार रहेका थिए। उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.