अत्तरिया : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट आज ३१ अक्टोबर २०२३ ९कार्तिक १४, २०८०० मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. १.५१ वृद्धि भई आएको डिजेलको मूल्यमा प्रति लिटर रु. ३. ६३ ले घटेर आएको तथा एल. पि. ग्यासको मूल्यमा प्रति सिलिण्डर रू. ९३.६० ले वृद्धि भई आए तापनि आम उपभोक्ताको हितलाई मध्य नजर गर्दै श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम “पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८०” हाललाई यथावत रहने गरी आज मिति २०८०\०७\१४ को निर्णय अनुसार भोलि १ नोभेम्बर २०२३ ९२०८०\०७\१५। बिहान ००स्०१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा डिजेल, मट्टितेलमा प्रति लिटर रु. ४.०० ले घटाईएको छ ।
आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । समायोजन पश्चात् पेट्रोलियम पदार्थको हकमा निगमको डिपो र कार्यालयदेखि १५ किलोमिटर तथा एल. पि. ग्यासको हकमा ५० किलोमिटरसम्मका लागि देहाय बमोजिम नयाँ खुद्रा बिक्री मूल्य कायम भएको छ ।