कोरियाबाट फर्किएकाको धनगढीमा भेला हुँदै

अत्तरिया : कोरियाबाट फर्किएकाहरूको धनगढीमा भेला हुने भएको छ। दक्षिण कोरियाबाट फर्किएकाहरूको सर्वेक्षणका लागि पहिलो पटक धनगढीमा भेला हुन लागेको हो।

कोइका नेपालको आयोजनमा पहिलो चरणको सर्वेक्षण कार्यक्रमको आयोजना कात्तिक २१ र २२ गते हुन लागेको छ। अंकुर नेपालको सहकार्यमा धनगढीमासमेत कार्यक्रम गर्न लागेको सुदूरपश्चिम संयोजक गोपाल भट्टले बताए। उनका अनुसार होटल जियानमा बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने छ।

कात्तिक १२ गते आइतवार पोखरामा कार्यक्रम भएको छ। वालिङ्गमा सोमवार कार्यक्रम भएको छ। तम्घासमा आज कार्यक्रम हुँदैछ। बुटवलमा शुक्रवार कार्यक्रम हुने छ। कपिलवस्तुमा शनिवार कार्यक्रमको आयोजना गरिनेछ। धनगढीमा कात्तिक २१ र २२ गते कार्यक्रम हुने भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.