स्व. नेता रैकाको स्मृति दिवसमा सेभ हाउसमा खाद्यान्न सहयोग

अत्तरिया, १५ कात्तिक : राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका अगुवा योद्धा ,एवं समरुपतावादी नेता स्व.चन्द्रवहादुर रैका को १८ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ गोदाबरी नगरपालिकाको अत्तरियामा मनाईएको छ
चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री टेकवहादुर रैका रहेका थिए ।
कार्यक्रममा निवर्तमान राज्यमन्त्री रैकाले स्व. चन्द्रवहादुर रैका शोषित पीडित जनताका लागि मरिमेट्ने एक सच्चा क्रान्तकारी योद्धा भएको बताए । उनले स्व.रैकाले अगाल्नु भएको समरुपतावादी सिद्धान्त अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
कार्यक्रमका सहभागीहरुले स्व. रैका एक सच्चा देशभक्त ईमान्दार र दलित एवं सिमान्तकृत वर्ग समुदायका लागि सदा संघर्षशिल नेता भएको बताउदै राष्ट्रियता लोकतन्त्र मानवअधिकार सामाजिक न्याय समानता, दलितमुक्ति आन्दोलनमा स्व.रैकाको अतुलनिय अनुकरणीय योगदान रहेको बताउदै भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए ।
यसै विच रैकाको १८ औँ स्मृति दिवसको अवसरमा गोदाबरी नगरपालिका अत्तरिया स्थित सेभ हाउसमा रहेका असहाय÷विपन्न महिला र बालबालिकाहरुलाई खाद्य तथा पोषण र सरसफाइ सामग्री सहयोग गरिएको छ । जस अन्तर्गत चामल २५ केजी, दाल ४ केजी, भुजा १० प्याकेट, चिउरा ३ प्याकेट, चाउचाउ १ पेटी, नुन ५ प्याकेट, बिस्कुट १, पेटी, साबुन १२ पिस, निरमा ६ प्याकेट, कोलगेट २ पिस लगायतको खाद्य सामग्री सहयोग गरिएको थियो । उक्त सामग्रीहरु कार्यक्रमका प्रमुख अतिथि निवर्तमान राज्यमन्त्री टेकवहादुर रैकाले महिला तथा बालबालिका सेभ हाउसका बरिष्ठ उपाध्यक्ष एंव महाकाली अस्पताल विकास समितिका अध्यक्ष डा. नरबहादुर मौनी र सेभहाउसकी आजिवन सदस्य धना चोखाललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा सेभ हाउसका वरिष्ठ उपाध्यक्ष डा.नरबहादुर मौनी, धना चोखाल, चन्द्र–पशुपति रैका स्मृति प्रतिष्ठानका सचिव राजेन्द्र रैका लगायतकाले मन्तब्य राखेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.