अत्तरिया, १५ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नयाँ तथा पुराना दलहरुबाट राष्ट्रको विकास सम्भव नरहेको बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा आयोजित जनतासंग राप्रपा कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले देशको विकासका लागि राजा आवश्यक रहेको बताएका हुन् । ‘राजाले देशमा परिवर्तन गर्न अठोट कसे यहाँ कुनै दल, पार्टी रहन्न सम्पूर्ण जनताहरु राष्ट्रिय झण्डाको मुनि आउँछन’ उनले भने । ‘यही कुरा रोक्न केही नयाँ साथिहरुलाई मिसिनरीहरुले बुधबार प्रयोग गरेको देखिएको छ ।’ उनले स्वीर्म बाग्ले निर्वाचित भएको प्रति कटाक्ष गर्दै भने । स्वीर्म वाग्लेले एमसिसिको ड्राफ्ट लेखेका हुन् । त्यो बेला उनी नेपाली काँग्रेसको थिए तर, अहिले उनी निर्वाचित भइरहदा नयाँ मानिस आयो भनेर खुशी हुन्छन् ।’
उनले देश गाउँमा बसेका कृषकभन्दा पनि पढेलेखेका व्यक्तिहरुले विगारेको आरोप लगाए । उनले संविधान, धर्मनिरपक्षेता र प्रदेश संरचना खारेज गरिनुपर्ने बताए । ‘प्रदेश खारेज गर्छौ । धर्मनिरपक्षेता हटाउँछौं । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री निर्वाचित गर्छौ’ उनले भने । सचेतक शाहीले विश्वमा प्रधानमन्त्रीलाई आन्दोलनमा उत्रेको नदेखेको बताउँदै ‘राज मन्दीर जाँदा राजा आउने डर भइसक्यो । राजा आए हामी जेल जान्छौं भन्दै प्रधानमन्त्री सडकमा आउँने प्रतिक्रिया दिन्छन् ।’
उनले अहिले प्रदेशमा उम्मेदवार बनाएको गल्ती स्विकार्दै ‘अब आउने निर्वाचनमा प्रदेशमा उम्मेदवार बनाउने छैन् ।’ उनले राष्ट्रपति व्यवस्था भनेको दलालको व्यवस्था रहेको बताए । कार्यक्रममा जनताका सस्याहरुका बारेमा सम्बाद समेत गरिएको थियो । जनतासंग राप्रपा कार्यक्रम कैलालीको धनगढीबाट सुरु भएको हो । सुदूरपश्चिममका कैलाली र कञ्चनपुर सहित पहाडका जिल्लामा पनि यो कार्यक्रम रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी विष्टले खाद्यान्न, मल अभाव, विपदको समयमा राहत नपाउनु लगायतका विषयमा सदनमा आवाज उठाउने बताइन् । उनले भनिन –‘जनताका समस्या टिपोट गर्दा अहिले मेरा डायरी भरिसकेका छन् । तर, सरकारले प्रदेश सभा बैठक बसाउँदैन् । बसेपनि बोल्न समय पाउँदैन् ।’ उनले भुमि समस्या, खानेपानी समस्या, विद्यालयले लिने शूल्क लगायतका विषयमा सदनबाट सरकारलाई जानकारी दिने बताइन् ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश समेत गरेका थिए । कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य राजेश भण्डारी, घनबहादुर शाह, नेता छत्र शाही लगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
