लोकमार्ग पदयात्रा अभियानको तयारीका रिमालसहितका नेता बैतडी पुगे

बैतडी : नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सहितका नेताहरु बैतडी पुगेका छन् । संगठन विस्तार अभियान अन्तर्गत मध्यपहाडी यात्राको तयारी स्वरुप रिमाल बैतडी पुगेका हुन् । बिहीबार बैतडी पुगेका रिमालले शुक्रबार बिहान झुलाघाट नाकाको स्थलगत अवलोकन गरेका छन् । एमालेले मध्यपहाडी लोकमार्गमा सञ्चालन गर्ने पदयात्राको तयारी स्वरुप रिमालसहितको टोली बैतडी पुगेर स्थलगत अध्ययन गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्ग पदयात्रा अभियानको तयारीका लागि कार्ययोजना बनाउन रिमालसहितका नेता बैतडी पुगेका हुन् ।

रिमालसंगै एमालेका पोलिट्ब्युरो सदस्य निरु पाल र राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, केन्द्रीय सदस्य विष्णु रिजाल, एमाले केन्द्रीय आर्थिक विभाग सदस्य लोकबहादुर भण्डारी, एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले सुदूरपश्चिमका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरु बैतडी पुगेका हुन् । उपमहासचिव विष्णु रिमालसहितको टोली आजै बैतडीबाट फर्कने कार्यक्रम रहेको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.