गोदावरी नगरपालिकामा प्लाष्टिकजन्य सामग्रीहरु विक्रि वितरणमा प्रतिबन्ध

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा प्लाष्टिकजन्य सामग्रीहरुमा प्रतिबन्ध गरेको छ । तिहार तथा छठ पर्वमा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात विक्रि वितरण वा भण्डारण गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको जानकारी सहित पालिकाले सूचना जारी गरेको हो ।

सुचनामा सम्पूर्ण उद्योगी, व्यापारी तथा आम नगरबासीहरुमा जानकारीका लागि हार्दिक अनुरोध सहित सबैलाई सम्बोधन गर्दै प्रतिबन्ध गरेको जानकारी गरेको छ । नगरपालिकाले अनुगमनका क्रममा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण तथा भण्डारण गरेको पाईएमा उक्त सामाग्रीहरु जफत गरी नियमानुसार कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सुचनामा उल्लेख गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.