जाजरकोट : जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ।
घाइतेको संख्या अस्पतालको क्षमताभन्दा धेरै भएपछि उनीहरूलाई बाहिर राखेर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। जाजरकोटको भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जना स्वास्थ्यकर्मीको टोली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उडेका छन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भइ ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो।