भुकम्प प्रभावित क्षेत्रबारे निर्णय गर्न कर्णालीमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

सुर्खेत : कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भुकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो।

‘अहिले बैठक चलिरहेको छ, केही समयपछि निर्णय सार्वजनिक गर्छौं,’ कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीले भने। शुक्रबार राति गएको ६‍‍.४ म्याग्नेच्युटको भुइँचालोका कारण जाजरकोट र रुकुममा गरी १२८ जनाको मृत्यु भएको छ।

जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले एक सय भन्दा धेरै मानिस घाईते भएको बताए। केही दिनयता भुकम्पको केन्द्रविन्दू रहेको बारेकोट गाउँपालिकामा टेलिफोन र ईन्टरनेट छैन। घाईतहरुको उद्दार तथा थप उपचारका लागि जाजरकोट बाहिर लैजान १० वटा सार्वजनिक बस तयार गरिएको छ। ती बसमा निशुल्क जाजरकोट बाहिरका अस्पतालमा जान मिल्नेछ। यस्तै सरकारी सवारी साधन, एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.